बिहीबार, चैत १५, २०८०

सोमबार शिवजीको वर्त बस्नुस यस्तो लाभ लिन सकिन्छ । आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस ।

नेपालखोज २०७६ मंसिर ९ गते ७:१४

सोमबार भगवान शिवजीको पुजा गर्ने दिन हो । यस दिनमा शिवजीको पुजा–आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ ।
अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ । कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्दछ भने खानामा नुन–तेल मिसाउन मनाही छ ।

तपाईको आजको राशिफल कस्तो छ ?
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
उपलब्धि हातपार्न नसकिएला । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बाधाहरू स्वतस् फुकुवा हुनेछन् । वैदेशिक कार्य अघी बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । पैसा फस्न सक्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धनलाभ होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

प्रतिक्रिया