शुक्रबार, चैत १६, २०८०

स्वास्थ्यबाट कानूनमा सरुवा : ङिच्च हाँस्दै उपेन्द्र यादव भन्छन् ‘मन्त्री पद त छाडिन्न’

नेपालखोज २०७६ मंसिर ९ गते १७:१७

९ मंसिर, काठमाडौं । सत्तामोहमा रमाउने नेताहरु मध्येका एक हुन् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । यादव जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि उनलाई मन्त्री पदले भने कमै मात्र छाड्ने गरेको छ । कांग्रेसको नेतृत्वमा होस् वा नेकपामा नेतृत्वमा सरकार बनोस् उनी समिकरण गर्न तयार हुन्छन् । र सत्तामा पुगिहाल्छन् । मधेशका नेताहरु मध्येको पदलोलुप नेताका रुपमा पहिले उपेन्द्र यादवलाई धेरै चिन्ने गरेका छन् ।

आफ्नो भूमिका र हैसियतलाई छाडेर उनी शक्तिसँगै झण्डावाल गाडीमा दौडिनका लागि जस्तो सुकै भूमिका निर्वाह गर्न तयार हुन्छन् भन्ने कुराको पुष्टि अहिले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदभार ग्रहण गरेर देखाईदिए ।

केपी ओलीको नेतृत्वमा सरकार बनिरहँदा दुई तिहाई सरकार बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा ओली सरकारका छिरेका उनी कर्मचारी सरुवा भए जस्तै गरी एक मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा हुँदा पनि दङ्ग छन् अर्थात उनलाई कुनै हीनताबोध छैन । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुर्नगठन गरिरहँदा उप्रधान सहित स्वास्थ्य मन्त्री रहेका यादवलाई कानून मन्त्रीमा रुपमा जिम्मेवारी दिइयो भन्दा पनि स्वास्थ्यबाट कानुनमा सरुवा गरियो भन्दा उचित होला !

सरुवा भएर गएको मन्त्रालयमा पदभार ग्रहण गर्दै ङ्गिच्च हाँस्दै उपेन्द्र यादवले भने, ‘ मन्त्रालय परिवर्तन प्रधानमन्त्रीको कुरा हो, उहाँले जे भन्नु हुन्छ वा जे गर्नु हुन्छ त्यो हामीले स्वीकार गर्ने हो, धेरै मन्त्रालयको अनुभव होस् भनेर पनि मैले मन्त्री छाडिन । ’

हुन पनि उपेन्द्र यादवले सकेसम्म मन्त्री पद छाड्ने वाला पनि छैनन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दुई तिहाई सरकारको मन्त्री बन्न पाउनु नै ठूलो कुरा हो उपेन्द्र यादवलाई । मधेशी जनताको दुहाई दिँदै सत्तामा बसेर लुट मच्चाउन उनले मन्त्री कहिल्यै छाड्दैनन ।

उपेन्द्र यादवले स्वास्थ्य मन्त्रीबाट कानून मन्त्रालय पुगेपछि मधेशी जनताको विश्वास माथि कुठाराघात गरेको आरोप लागिरहेका बेला मधेश आन्दोलनमा नै विद्यावारिधि गरेका डा राजेश अहिराज भन्छन,‘ यादवले संविधानको पुर्नलेखनमा राजनीति हो भने कानून मन्त्रालय अवसर हो । उनले संविधानमा भएका जातीय क्षेत्रीय विभेदलाई यही अवसरका बेला संशोधन गर्न सक्नु पर्दछ, तर अरु प्रयोजन सत्ता, शक्ति र पैसाका लागि मन्त्रालय लिएको हो भने उसको लागि घाँडो हो ।

प्रतिक्रिया