आइतबार, कार्तिक ९, २०७७

कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए पेट्रोलबिनै चल्ने मोटरसाइकल

नेपालखोज २०७६ मंसिर १० गते ९:४७

१० मंसिर, बागलुङ । चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन् । उनले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् ।

बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत छन् । उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्यूबमा हेर्ने गरेको र अहिले अथक अभ्यासपछि पेट्रोलबिनै चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको उनी बताउँछन् । गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाइ छ । याे खबर अन्नपूर्ण पाेस्टमा छ।

प्रतिक्रिया