मंगलबार, वैशाख ११, २०८१

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

नेपालखोज २०७६ मंसिर १० गते १०:४८

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार (आज) बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।

पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भइसकेको छ ।

प्रतिक्रिया