बिहीबार, वैशाख १३, २०८१

मकै खानुका फाइदै– फाइदा

नेपालखोज २०७६ मंसिर ११ गते ७:३४

मकै नेपालमा सर्वसुलभ उपलब्ध हुने अन्न हो । जो सडक किनारदेखि पाँतारे होटलका मेनुमासमेत पाइन्छ । मकैलाई भुटेर, उसिनेर, पोलेर र भातको रुपमासँगै विभिन्न परिकार बनाएर खान सकिन्छ । बेमौसमी मकै प्रायः सधैभरि उपलब्ध हुन्छ । मकै अधिकांशले रुचाउने खाजामध्ये पनि पर्छ । यो स्वादिष्ट मात्रै नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ । अब जानौँ, मकै खाँदा के– के फाइदा हुन्छः

१. मकैमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ । नियमित मकै खाने मानिसमा एसिडिटी र कब्जियतको समस्या हुँदैन् ।

२. मकैले कोलस्ट्रोलको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ ।

३. मकैमा फोलिक एसिड पर्याप्त मात्रामा हुने भएकाले गर्भवती महिलाका लागि यो फाइदाजनक मानिन्छ ।

४. मकैमा एन्टिअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । त्यस्तै, छाला स्वस्थ राख्नुका साथै रोगप्रतिरोधी क्षमता बढाउँछ ।

५. पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ । यसमा कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसको मात्रा हुन्छ । यी हड्डीका लागि फाइदाजनक तत्व हुन् ।

६. भुटेको र पोलेको मकैमा कार्बोहाइड्रेटको मात्रासमेत उच्च हुने हुँदा यसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

प्रतिक्रिया