पायल्सको समस्या छ ? छ भने यसो गर्नुस्
नेपालखोज
२०७६ मंसिर ११ गते ७:५४
१. हरेक दिन शारीरिक व्यायाम गर्ने ।
२. नियमित रुपमा योग गर्ने ।
३. प्रशस्त पानी पिउने ।
४. हरियो सागपात काँचै खाने ।
५. खानासँग फलफूल खाने ।
६. खानासँग मुला, काँक्रो र गाँजर खाने ।
७. नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने ।
८. पायल्स भएका बिरामीले पिरो, चिल्लो तथा मसला बढी भएको माछा– मासु नखाने ।
९. पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट, तथा रक्सीजस्ता चिज उपभोग नगर्ने ।
१०. पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने ।
११. खानेकुरा खाँदा एकदम कम र हल्का खाने । शरीरले पचाउन सक्ने गरी मात्रै खानुपर्छ ।
सम्बन्धित
प्रतिक्रिया