बिहीबार, वैशाख १३, २०८१

बालबालिका बेचबिखनविरुद्ध सकड नाटक

नेपालखोज २०७६ मंसिर ११ गते ८:०८

११ मंसिर, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो ।

मानव बेचबिखनजस्तो जघन्य अपराधबारे चेतना फैलाउन जिल्लाका सातवटै गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको किर्डाक नेपालका फिल्ड सुपरभाइजर जनक बुढाले जानकारी दिए । बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई सडक नाटकमार्फत सचेत पारिएको उनको भनाइ छ । बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पु¥याउन जिल्लाभरि सडक नाटक सञ्चालन गरिने भएको छ ।

अदानचुली र ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार, बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन गरिने उक्त कार्यमा संलग्न भुवन भण्डारीले बताए । यहाँका विद्यालय र गाउँमा सडक नाटक प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया