बुधबार, वैशाख २६, २०८१

जग्गा हिनामिनाबारे अन्यौलता कायमै, छानविन पुरा नहुँदै समय सकिँदै

नेपालखोज २०७६ मंसिर ११ गते ८:३१

११ मंसिर, काठमाडौं । देशभरका सरकारी सार्वजनिक र गुठी जग्गा हिनामिनाको अनुसन्धानमा अन्यौलता देखिएको छ । देशभरका जग्गा हिनामिनाबारे छानविनका लागि गठित उच्चस्तरीय भूमी आयोगको समयाबधि छानविन पुरा नहुँदै सकिने भएसँगै छानविन के हुने भन्ने अन्यौलता छाएको हो ।

बालुवाटार लगायत देशभरका जग्गा हिनामिनाका विषय उजागर भएसँगै सरकारले जग्गा हिनामिनाका सम्बन्धमा छानविन गर्न गत जेठमा मोहनरमण भट्टराईको अध्यक्षतामा ४ सदस्यिय ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोग’ गठन गरी छानविनको जिम्मेवारी दिएको थियो । आयोगलाई ६ वटा कार्यादेश सहित ६ महिनाको समयावधि रहेको थियो । जुन समय १५ मंसिरमा सकिँदैछ ।

तर, यस अबधिमा भएका छानविन,आयोगको क्षेत्र र कार्यादेश अनुसार आयोगले जिम्मेवारी पुरा गर्न सकेको छैन । अनुसन्धानका लागि समय अपुग भएकाले आयोगमा परेका उजुरी छानविन लगायत अन्य कार्यादेश अनुसारको काम सम्पन्न गर्न नसकिने स्थिति रहेको आयोगका सदस्यहरु बताँउछन ।

आयोग स्रोतले हालसम्म उजुरी झण्डै १ सय ८० उजुरीमध्ये १० प्रतिशत उजुरी मात्रको टुङ्गो लागेको जनाएको छ । आयोगलाई उजुरी छानविन गरी हिनामिनामा संलग्न कर्मचारी र माफिया किटान गरि कारवाहि सिफारिस गर्ने जिम्मेवारी समेत रहेको छ ।

प्रतिक्रिया