शनिबार, माघ २६, २०८१

१३ औँ सागः महिला पुरुष भलिबल आजबाट

नेपालखोज २०७६ मंसिर ११ गते ९:४७

११ मंसिर, काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलका खेल आज (बुधबार) सुरु हुदैछ । औपचारिक उद्घाटन अगाडी नै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो ।

Advertisement

नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् । उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो ।

सागको महिला भलिबलमा नेपाल सूमह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो । सोही कारण बंगलादेशलाई हराएर नेपाली टिमले सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय भएको छ । खेल साँझ ७ बजे सुरु हुनेछ । पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।

भारत पुरुष भलिबलको समेत बलियो टिम हो । सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो । सोही कारण भारत सहित नकआउट चरणमा प्रवेश गर्न नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।

प्रतिक्रिया