मंगलबार, वैशाख ११, २०८१

राजधानीका १८ वटा बैंकबाट लाखौं चोरी गर्ने ६ जना पक्राउ, बैंकका कर्मचारी संलग्न भएको शंका

नेपालखोज २०७६ मंसिर ११ गते १३:२०

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँ बरामद भएकाे र चोरीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका-३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका-३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् । उनीहरू सबै विद्यार्थी हुन् । प्रहरीको अनुसार गोविन्द र अन्जन प्रमुख योजनाकार हुन्।

चोरीकाे शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना असम्भव रहेकाे अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको प्रहरी बताउँछ । पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

कुन कुन बैंकबाट कति चोरी भयो यसबारे अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया