शुक्रबार, चैत १६, २०८०

वर्तमान सरकार पाँच वर्ष चल्छ अध्यक्ष दाहाल

नेपालखोज २०७६ मंसिर ११ गते १५:४६

११ मंसिर, कास्की । वर्तमान दुई तिहाईको सरकार पाँच वर्षसम्म चल्ने भन्दै यसले स्थिरतामा कुनै कमी नआउने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छ ।
पोखरामा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीमा अन्योल नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डो¥याउन प्रतिबद्ध भएर लाग्नुपर्ने जोड दिए ।

नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उनले नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको बताए ।

नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष दाहालले उनलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया