बिहीबार, वैशाख १३, २०८१

नेपाल कोरिया विजनेश साँझ सम्पन्न

नेपालखोज २०७६ मंसिर ११ गते १७:४५

११ मंसिर, काठमाडौँ । नेपाल कोरिया चेम्वर्स अफ कर्मर्श इण्डष्ट्रिजको आयोजनामा ‘नेपाल कोरिया विजनेश नाईट’ सम्पन्न भएको छ । राजधानीमा आयोजित  कार्यक्रममा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल कोरिया वीचको सम्वन्ध लामो भएको भएपनि त्यसलाई आर्थिक क्षेत्रमा थप मजबुत हुने गरी जोड्नु पर्ने बताए ।

नेपाल र कोरिया वीचको पारम्परिक सम्वन्धलाई प्रगाढ बनाउनका लागि चेम्वर्स अफ कमर्श इण्डष्ट्रिजले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै पर्यटन वर्ष २०२० का लागि पर्यटक भित्र्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सो विशेष कार्यक्रममा वोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क क्योङ्गसिकले नेपालले मनाउन लागेको पर्यटन वर्ष २०२० का लागि प्रचार प्रसार गरिरहेको बताउँदै नेपालको समग्र विकासका लागि कोरिया सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल कोरिया चेम्वर्स अफ कमर्शका अध्यक्ष किरण प्रकाश साखःले नेपालको विकासका लागि कोरियाले गरेको सहयोगको निरन्तरतका लागि आग्रह गर्नु भयो । सोही अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छाले नेपाल कोरिया चेम्वर्स अफ कमर्श इण्डष्ट्रिजले हालसम्म गदै आईरहेको सहकार्यलाई अझै बलियो बनाउन तर्फ अग्रसर हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल चेम्वर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल कोरिया चेम्वर्स अफ कमर्शका संस्थापक अध्यक्ष रविभक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष गणेशभक्त साखः, उपाध्यक्ष किशोर श्रेष्ठ, महासचिव सुनिल खेतान, सहसचिव सञ्जय, अग्रवालको समेत उपस्थिति थियो ।

प्रतिक्रिया