शनिबार, वैशाख १५, २०८१

बार्सिलोना नकआउट चरणमा

नेपालखोज २०७६ मंसिर १२ गते १०:४०

एजेन्सी । बुधबार राति भएको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिगमा जित हासिल गरेको छ । उक्त खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डलाई ३–१ ले हराएको हो ।

बार्सिलोनाको तर्फबाट स्वारेज, मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरेका थिए भने जाडोन साञ्चोले डर्टमण्डका तर्फबाट एक गाेल गरेका थिए ।

खेलमा अग्रता बार्सिलोनाले २९ औ मिनेटमा स्वारेजको गोलबाट लिएको थियो । उनले मेस्सीको पासलाई सदुपयोग गर्दै बार्सालाई अग्रता दिलाएका हुन् । त्यसको चार मिनेटपछि मेस्सीले गाेल गरी अग्रता दोब्बर पारेका थिए । मेस्सीकै पासलाई सदुपयोग गर्दै ६७ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

युवा स्टार सान्चोले ७७ औ मिनेटमा पाहुना टोलीका लागि एक गोल फर्काए ।

समूह एफको शीर्ष स्थानको बार्सिलोनाले ५ खेलबाट ११ अंक जोड्यो । डर्टमण्ड ७ अंक सहित तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया