शुक्रबार, चैत १६, २०८०

शानदार सुरुवात गरेको नेपाल आज भारत सँग भिड्दै

नेपालखोज २०७६ मंसिर १२ गते १०:५५

१२ मंसिर, काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो । र सागको महिला भलिबलमा नेपालले आज (बिहिबार) दोस्रो खेल खेल्दैछ ।

समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया