शनिबार, वैशाख १५, २०८१

अर्घाखाँची बस दुर्घटनाप्रति कांग्रेसको दुःख प्रकट

नेपालखोज २०७६ मंसिर १२ गते १२:२५

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुस्ख व्यक्त गरेको छ ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवंगत भएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । सन्धीखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका वडा नं. ६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। दर्जनौं व्यक्ति घाइते भएका छन्। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ।’

देउवाले दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै विज्ञप्ति मार्फत सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउन सरकारलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया