शनिबार, वैशाख १५, २०८१

एनआइसी एशिया बैंकमा रकम रित्तिए पछि सेवाग्राहीमाथि लुट, राष्ट्र बैंकले कहिलेसम्म गर्ने छुट

नेपालखोज २०७६ मंसिर १२ गते १३:५५

आर्थिक व्यूरो, नेपालखोज,

१२ मंसिर, काठमाडौं । आफूलाई अब्वल दर्जाको बंैकका रुपमा चिनाउँनका लागि ‘बैक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै सस्तो लोकप्रियताकका लागि नियम विपरित प्रचार गर्दै आईरहेको एनआइसी एशिया बैकले सेवाग्राहीलाई लुट मच्चाउँदै आईरहेको छ ।

आफ्नै घर बनाउने सपना देखाएर हजारौं सेवाग्राहीसँग एनआइसी एशिया बैकले चरम ठगी गर्दै आईरहेका तथ्य खुलेको छ । ऋणलिन आउने सेवाग्राहीलाई नेपाल राष्ट्र बैकको मापदण्ड विपरित सेवा शुल्क लिएको मात्र होइन, व्याजदरमा समेत आफूखुशी मनोमानी गर्दै आईरहेको छ ।
विभिन्न पेशा वा व्यवसाय गर्नेहरुलाई मात्र होइन घरकर्जाका लागि सस्तो लोकप्रियता देखाएर सेवाग्राही ठग्ने काम एनआइसी एशियाले गर्दै आईरहेको छ ।

साधारण ऋण लिन जाने सेवाग्राहीहरुलाई समेत बैकले ३ प्रतिशत सेवा शुल्क असुलीरहेको छ । सेवाग्राहीलाई ऋण प्रवाह गर्दा नियम विपरित ३ प्रतिशत व्याज लिने गरेको बैकका व्यापार प्रमुख अर्जुन राज खनियाँले स्वीकार गरेका छन् ।
एनआइसी एशियाले नियम विपरित सेवाशुल्क लिएको सेवाग्राहीको गुनासो नेपाल खोजमा आएपछि त्यस विषयमा कुरा गर्दा खनियाँले भने, हामी आफ्नो तरिकाले सेवा शुल्क लिन्छौं, सेवाग्राहीले गुनासो गर्ने हो भने ऋण नै नलिए भैगो नि’ ।

नेपाल राष्ट्र बैकले जारी गरेको कर्जा प्रवाहमा लिने सेवा शुल्क मापदण्ड विपरित एनआइसी एशिया बैकलाई रकम असुली गरिरहेको विषयमा नेपाल राष्ट्र बैकका सहप्रवक्ता गोविन्द नागिलाले त्यसरी सेवा शुल्क लिन नपाई बताए । उनले राष्ट्र बैकले तोकेको मापदण्ड विपरित सेवा शुल्क लिने बैकमाथि कार्वाही हुने समेत बताएका छन् ।

नेपाल राष्ट्र बैकले ताकेको मापदण्ड विपरित सेवाशुल्क लिईरहेको एनआईसी एशिया बैकले ऋण प्रवाह गर्दा सेवाग्राहीलाई भ्रमको चारो छरिरहेको छ । एनआइसी एशियाको भ्रममा परेर हजारौ व्यक्तिहरु ठगिनु परेको छ । कहिले चमत्कारी खाता त कहिले चमत्कारी कर्जाका नाममा दिग्भ्रमित गरिरहेको छ ।

एनआईसी एशिया बैकसँग रकम रित्तिएपछि गत वर्ष निक्षेप संकलनका लागि १३ प्रतिशत व्याज दिने आश्वासन सहितको प्रचार प्रसार गरेको थियो । तर त्यो दुई दिन पनि टिक्न सकेन । एनआईसी एशिया वैक समेत सदस्य रहेको वैकर्स एशोसिएसन नेपालले त्यसको विरुद्ध विज्ञप्ति जारी गर्दै जथाभावी व्याज प्रवाह नगर्न निर्देशन दिएको थियो भने नेपाल राष्ट्र वैकले समेत एनआईसी एशिया बैकलाई आफ्ना गल्तीहरु सच्चाउन आग्रह गरेको थियो ।

पछिल्लो समयमा हेर्ने हो भने एनआईसी एशिया बैक बैकले आफूलाई निकै नै नाफामुलक बैकका रुपमा परिभाषित गरेपनि बैकसँग अहिले ऋण प्रवाह गर्नका लािग रकम नभएको श्रोतले बताएको छ । बैकसँग रकम नभएकै कारण सेवाशुल्क बढी देखाएर भएपनि ऋण माग्न नआउन् भन्ने नीति एनआईसी एशिया वैकले लिएको छ । यही अवस्था रहिरहने हो भने एनआईसी एशिया बैक समस्याग्रस्त बैकका रुपमा सूचिकृत हुन धेरै समय कुर्नु पर्दैन ।

प्रतिक्रिया