बिहीबार, वैशाख १३, २०८१

न्यूनतम मापदण्ड नै पूरा नगरी पिउनअयोग्य जारको पानी बजारमा

नेपालखोज २०७६ मंसिर १३ गते ७:२८

१३ मंसिर, काठमाडाैं । ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

प्रर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ । यसक्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया