बिहीबार, कार्तिक ६, २०७७

महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

नेपालखोज २०७६ मंसिर १३ गते ९:०७

१३ मंसिर, काठमाडाैं । भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ ।

Advertisement

ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् । संसदको तल्लो सदनको छलफलका क्रममा उनलाई बुधबार गोडसेलाई देशभक्त भनेकी थिइन् । याे समाचार राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया