शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंको आजको तापक्रम वर्षकै कम

नेपालखोज २०७६ मंसिर १३ गते ९:१८

१३ मंसिर, काठमाडौँ । देशभर चिसो बढ्दै गएको छ । आज (शुक्रबार) काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम भएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज बिहान लिइएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीमा झरेको हो ।

अब मौसमी हिसाबले दिनप्रतिदिन चिसो बढ्दै जाने मौसमविद् अर्यालयले बताए । मौसमविद्का अनुसार डिसेम्बरदेखि औपचारिक रूपमा विन्टर अर्थात् जाडो याम सुरु भएको मानिन्छ ।

आजको मौसम
आज देशका अधिकांश स्थानमा मौसम बदली भएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले पश्चिमतिर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने मध्य र पूर्वका पहाडी भेगमा आंशिक बदली छ । यसबाहेक देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको उनले बताए ।

उनका अनुसार पश्चिमी न्यून चापीय प्रणाालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रका पहाडी भेगका एकरदुई स्थानमा वर्षा तथा उच्च हिमाली भेगका केही ठाउँमा हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया