शनिबार, वैशाख १५, २०८१

कास्कीमा मतदान शुरु

नेपालखोज २०७६ मंसिर १४ गते ७:४२

१४ मंसिर, कास्की । कास्की क्षेत्र न.ं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लािग मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै शुरु मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् ।

बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबिच, मतदानस्थलमा सुरक्षाको व्यवस्था पनि कडा पारिएको निर्वाचन कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

कास्की क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेका छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।

प्रतिक्रिया