शनिबार, वैशाख ८, २०८१

मतदानस्थल नजिकै बम बिस्फोट

नेपालखोज २०७६ मंसिर १४ गते ८:३०

१४ मंसिर, कास्की । पोखरा–२ मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ बागमारा र पोखरा १६ अर्मलामा बम बिस्फोट भएको हो ।

बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रगरीले जनाएको छ ।

बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया