शनिबार, वैशाख ८, २०८१

उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम बिस्फोट

नेपालखोज २०७६ मंसिर १४ गते ८:४६

१४ मंसिर, दाङ । उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६ को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

दाङ क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात हुदैछ । निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

बिस्फोटबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले बताए। कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको छैन् ।

प्रतिक्रिया