बुधबार, वैशाख १२, २०८१

जाडोमा मुलायम र चम्किलो अनुहारको लागि यो विधि अपनाउनु होस

नेपालखोज २०७६ मंसिर १५ गते ६:४३

जाडो मौसममा छाला सुख्खा हुनुका साथ–साथै मृत समेत हुन्छ । जसको लागि हामी बजारमा पाइने क्रिम अथवा लोसनको प्रयोग गर्नुपर्छ । तर, यदि लोसन अथवा क्रिमले फाइदा गरेन भने छालामा झन् धेरै समस्या देखिन थाल्छ । जाडो मौसममा हामी जति घरेलु उत्पादनको प्रयोग गर्छौं । त्यति नै यो हाम्रो छालालाई फाइदाजनक हुन्छ । आफ्नो छालालाई नरम र सुन्दर बनाउन यो विधि अपनाउनु होसः

सुन्दर छालाको लागि फेस प्याक
यदि तपाईंं आफ्नो छालालाई सुन्दर र चिल्लो बनाउन चाहनुहुन्छ भने हनी फेस प्याक बनाउनुपर्छ । मह, बेसन, नौनी, चन्दन र गुलाबको तेल मिसाउने र त्यसलाई आफ्नो अनुहार र गर्धनमा लगाउने । अब केही समयको लागि त्यसलाई सुक्न दिने र पछि हटाउने । यसो गर्नाले केवल अनुहारको फोहोर मात्र हट्दैन, तपाईंंको छाला नरम र कोमल पनि बन्छ । राम्रो परिणामका लागि हप्तामा एक पटक यसको प्रयोग गर्नुपर्छ ।

अनावश्यक रौं हटाउनका लागि फेस प्याक
एउटा भाँडामा एक चम्चा मह, एक चम्चा चिनी र केही थोपा कागतीको रस हाल्ने । यसको पातलो पेस्ट बनाउने । अब तीन मिनेटसम्म त्यसलाई माइक्रोवेभमा तातो बनाउने । तातो छ कि छैन भनेर हेर्नका लागि छोएर थाहा पाउने र यसलाई अनुहारको त्यो भागमा लगाउने जहाँ रौं उम्रेको हुन्छ । अब कपडाको एकापट्टी लिने र त्यसलाई रौं माथि राखेर विपरित दिशामा तान्नुपर्छ । यसो गर्दा रौं जराबाट नै हट्छ र तपाईंंको अनुहार लामो समयको लागि रौं मुक्त हुन्छ ।

छालाको सफाईको लागि फेस प्याक
मह, पाउडर दुध, कागतीको सर र बदामको तेललाई समान रुपमा मिलाउनुपर्छ । अब यसलाई आफ्नो अनुहार र हातमा लगाएर २० मिनेटको लागि छोडिदिने र पछि धुनुपर्छ ।

पिम्पल्स हटाउनका लागि फेस प्याक
पिम्पल्सबाट छुटकारा पाउन धेरै कठिन हुन्छ । मह र दालचिनीको धुलो मिसाएर पेस्ट बनाउने र पिम्पल्समा लगाउने । यसलाई रातभरी लगाउने र विहान मनतातो पानीले धुनुपर्छ ।

चम्किलो कपालका लागि हेयर प्याक
महबाट बन्ने अर्को एउटा प्याक पनि छ । जसमा जैतुनको तेल र मह मिसाएर कपालमा लगाउनुपर्छ । केही समयसम्म यसलाई कपालमा लगाउने र केही समय पछि धुने । यसो गर्नाले तपाईंको कपाल चम्किलो हुन्छ ।

सुन्दर कपालको लागि हेयर प्याक
यदि तपाईंं कालो र सलक्क परेको कपाल चाहनुहुन्छ भने आफ्नो कपालमा यो प्याक लगाउनुपर्छ । एउटा भाँडामा दुई चम्चा दही, दुई वटा अण्डा, कागतीको रस र पाँच थोपा मह मिसाए आफ्नो टाउको र कपालमा लगाउनुपर्छ । त्यसपछि यसलाई आधा घण्टा पछि पानीले पखाल्नुपर्छ ।

प्रतिक्रिया