शुक्रबार, वैशाख ७, २०८१

भरतपुर–१६ मा काँग्रेसका अमृतराज विजय

नेपालखोज २०७६ मंसिर १५ गते ७:०३

१५ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १६ मा भएको उप–निर्वाचनमा नेपाली काँग्रेसले बाजी मारेको छ ।

आईतबार (आज) बिहान पौने ३ बजे सकिएको मतगणनामा काँग्रेसका अमृतराज हमालले ३ सय ८ मतअन्तरका साथ बाजी मारेका हुन् । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गरे ।

गत निर्वाचनमा यस वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुर्मान गुरुङ बिजयी भएका थिए । उनको निधन भएपछि उप–निर्वाचन गरिएको हो । कूल ६ हजार २ सय ५० मत खसेकोमा १ सय २१ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भएकाले यस वडाको परिणामलाई आम सर्बसाधारणले समेत चासोका साथ हेरेका थिए । केही दिनअघि भएको चुनाबी सभामा प्रचण्डले नेकपा बिजयी भइसकेको भन्दै दुःख नगर्न अन्य पार्टीलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया