बिहीबार, चैत १५, २०८०

दुई तिहाईलाई जिल्याउँदै भक्तपुरमा कांग्रेसका भँडेल विजयी

नेपालखोज २०७६ मंसिर १५ गते ११:३४

१५ मंसिर, काठमाडौं । दुई तिहाईको बलियो सरकार सम्हालिरहेको नेकपा यतिखेर उपनिर्वाचनमा ओरालो लागेको छ । सत्तादुरुपयोग गर्दा पनि उपनिर्वाचनमा आफ्ना उम्मेदवार निर्वाचित गराउने नेकपालाई अहिले सकश देखियो । उपत्यका भित्रै रहेको भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजय हासिल गरेपछि नेकपाको दम्भ केही कम भएको छ ।
भक्तपुरमा भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

प्रतिक्रिया