बिहीबार, चैत १५, २०८०

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज

नेपालखोज २०७६ मंसिर १५ गते १२:०३

१५ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ ।

सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । उद्घाटन सत्रमा झण्डै ७ हजार मानिस सहभागी गराउने कार्यक्रम रहेको समारोह समितिले जनाएको छ ।

प्रतियोगिताका खेलहरु काठमाडौं सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । साेही प्रतियोगिता (साग)लाई मध्यनजर गरी कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली समेत लागू गरेकाे छ ।

प्रतिक्रिया