शुक्रबार, वैशाख १४, २०८१

मर्जर र लाभांश अनुमोदनमा केन्द्रित हुँदै नेपाल बंगलादेश बैंकको साधारण सभा

नेपालखोज २०७६ मंसिर १५ गते १४:४०

१५ मंसिर, काठमाडौँ । नेपाल बंगलादेश बैंक (एनविवि) ले आफ्नो २५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा साधारण सभा बोलाएको हो। एनविविको यस पटकको साधारण सभामा मर्जर र लाभांश अनुमोदन मुख्य एजेण्डा रहेको देखिन्छ ।

साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४० करोड ४४ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर समेत गरी ७ प्रतिशतले हुन आउने ५६ करोड ६१ लख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावको तयारी गरेको छ।

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।

त्यसैगरी सभामा अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ति सहमति गर्न तथा सो सम्बन्धमा बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

त्यस्तै बैंकले बंगलादेश स्थित आईएफआईसी बैंकसँग भएको प्राविधिक सेवा सम्बन्धी सम्झौतालाई अनुमोदन गर्ने प्रस्ताव लैजाँदैछ। लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर २६ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया