बुधबार, वैशाख १२, २०८१

देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी

नेपालखोज २०७६ मंसिर १६ गते ६:५५

१६ मंसिर, काठमाडाैं । नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो।

यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन। बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ। महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् ।

शनिबार दशरथ रङ्गशालाको स्टेडियममा भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलङ्काको महिला टोली पनि साथै उत्रियो । आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो । जब खेल सुरु भयो, तब नेपाल श्रीलङ्कामाथि हावी हुँदै गयो । रातको ७ः०० बजे सुरु भएको खेलको दुवै सेटमा नेपालले सहज जित हात पा¥यो ।

बढ्दो मौसमी चिसोले खेलको तातो माहोलमा कुनै असर परेन । दर्शकको हुटिङ नेपाली टोलीलाई थप ऊर्जा भर्दै थियो । जितको अनिवार्य चाप महिला भलिबल टोलीको मस्तिष्कमा झन् बलियो बन्दै थियो। यही उतारचढावसँगै तेस्रो सेटको प्वाइन्ट गिन्ती सुरु भयो ।

“हामी अब जसरी पनि जित पोल्टामा पार्नुपर्छ भन्ने दाउमा थियौँ,” नेपाली टोलीकी भलिबल सेटर अरुणा शाहीले भने, “उनीहरू पनि निकै आक्रामक रूपमा प्रस्तुत भए झन्डै हम्मेहम्मे जस्तो नै भयो नेपाली टोलीका लागि त्यो पल।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया