मंगलबार, चैत ६, २०८०

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल, नेता नेपाललाई दिल्ली पठाउने तयारी

नेपालखोज २०७६ मंसिर १६ गते ७:२८

१६ मंसिर, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले पनि भारतबाट अतिक्रमण भएको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीइ सेना हट्नुपर्ने बताउँदै आएका छन् । नेकपा स्रोतका अनुसार पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत नयाँदिल्ली पठाउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया