शनिबार, वैशाख ८, २०८१

करणी आरोप लागेका सिद्धबाबा आईसीयूबाटै प्रहरीको नियन्त्रणमा

नेपालखोज २०७६ मंसिर १६ गते ८:००

१६ मंसिर, काठमाडाैं । करणीको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई प्रहरीले अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको छ । आरोपित बाबालाई विराट नर्सिङहोमबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हाे ।

करणीको आरोप लागेपश्चात सिद्धबाबा हृदयघात भएको भन्दै आइतबार विराट नर्सिङ होममा भर्ना भएका थिए । जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएकाे छ । बाबालाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया