करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
नेपालखोज
२०७६ मंसिर १६ गते १२:२९
१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ ।
निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो ।
सम्बन्धित
प्रतिक्रिया