बुधबार, कार्तिक ५, २०७७

साग : भारतलाई हराउँदै तेक्वान्दोमा नेपालले जित्यो छैटौं स्वर्ण पदक

नेपालखोज २०७६ मंसिर १६ गते १८:१७

१६ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गततेक्वान्दोको पुम्से विधामा भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । पुम्से विधाको महिला १७ —२३ वर्ष उमेर समूहमा नेपालले स्वर्ण जितेको हो।

पुम्से विधामा नेपाललाई छैटौं स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना पहिलो भईन्। नेपाली टिमले ७.९८० अंक ल्याए। भारतीय टिमले ७.९७० अंक ल्याएर दोस्रो भयो। तेस्रो भएको बंगलादेशले ७.७६० अंक ल्यायो।

यो समेत गरी नेपालले १४ स्वर्ण पुर्‍याएको छ।

प्रतिक्रिया