शुक्रबार, चैत १६, २०८०

झनै बेहाल अवस्थामा राष्ट्रिय गौरवका आयोजनाहरु

नेपालखोज २०७६ मंसिर १७ गते ७:३८

१६ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ति आयोजनाको प्रगति भने झनै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमिकतामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशतमा सीमित देखिएको हो ।

राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ भने कतिपय आयोजना भने चर्चामा रहे पनि प्रगति शून्यप्रायः छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया