शुक्रबार, वैशाख १४, २०८१

मेस्सीलाई बालोन डी’ओर अवार्ड

नेपालखोज २०७६ मंसिर १७ गते ८:४८

काठमाडाैं । अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् ।

फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई उक्त अवार्ड प्रदान गरिएको हाे । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा यस अवार्ड जितेका थिए । एजेन्सी

प्रतिक्रिया