बुधबार, वैशाख १२, २०८१

लागुऔषध गाँजासहित भारतीय पक्राउ

नेपालखोज २०७६ मंसिर १७ गते १०:५२

१७ मंसिर, लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया