शुक्रबार, वैशाख १४, २०८१

बागलुङमा जीप दुर्घटना: घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी { अपडेट }

नेपालखोज २०७६ मंसिर १७ गते १३:०४

१७ मंसिर, काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु छ भने ३ जना घाइते भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गरेकाे ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु र ३ जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । एक जना खोलाले बगाएर बेपत्ता भएका छन् । कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

घाइतेहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

दुर्घटनामा मृत्यु हुनेहरुको नाम खुल्न सकेकाे छैन ।

प्रतिक्रिया