शुक्रबार, वैशाख १४, २०८१

निगमलाई चीनका लागि उडान अनुमति प्राप्त

नेपालखोज २०७६ मंसिर १८ गते ७:२२

१८ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले चीनमा उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौं–क्वाङचाऊ उडान गर्न निगमलाई बाटो खुलेको छ । निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले निगमलाई उडान अनुमति दिइएको बारेमा जानकारी गराइसकेको छ ।

निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमति माग गरेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेशनसँग सम्बद्ध थप कागजात माग गरेको थियो । अनुमति दिनुअगाडि निगमको सेफ्टी अडिट गर्ने बताएको सीएएसीले निगमले पेश गरेका थप कागजातको अध्ययनपछि उडान अनुमति दिएको मिश्रले बताए ।

‘यसको आधिकारिक पत्र आउन १-२ दिन लाग्न सक्छ । तर, चिनियाँ पक्षबाट अब सेप्mटी अडिट गर्न आउनु नपर्ने र उडानको तयारी गर्ने अनुरोधसहितको जानकारी आएको छ । अब निगमलाई चीन उडानको बाटो खुलेको छ,’ सहप्रवक्ता मिश्रले भने । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

प्रतिक्रिया