शुक्रबार, वैशाख १४, २०८१

वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी र सप्लायर्स कालो सूचीमा

नेपालखोज २०७६ मंसिर १९ गते ६:५७

१९ मंसिर, काठमाडाैं । विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी तथा ‘सप्लायर्स’लाई कालो सूचीमा राखिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने विभिन्न निर्माण कम्पनी र सप्लायर्सलाई कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

उनका अनुसार निर्माण कम्पनी श्रीकृष्ण कन्स्ट्रक्सन-त्याडी निर्माण सेवा (जेभी) र होराइजन निर्माण विल्डर्सलाई कालो सूचीमा सूचीकृत गरिएको हो । यी निर्माण कम्पनीहरूलाई एक वर्षका लागि कालो सूचीमा सूचीकृत गरिएको हो ।

त्यसैगरी, ‘सप्लायर्स’ कम्पनी श्री ऊँ श्री ऊँ इन्टरप्राइजेज र तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सलाई कालो सूचीमा सूचीकृत गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता कोइरालाले दिए । श्री ऊँ श्री ऊँ इन्टरप्राइजेजलाई एक वर्षका लागि र तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सलाई दुई वर्षका लागि कालो सूचीमा सूचीकृत गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया