शुक्रबार, चैत १६, २०८०

साग : सावित्रा बनिन् सर्वाधिक गोल गर्ने नेपाली महिला खेलाडी

नेपालखोज २०७६ मंसिर १९ गते १५:०४

१९ मंसिर, पोखरा । फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् ।

बिहीबार १३ औं साग अन्तर्गत माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् ।

उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राखेकी हुन् ।

प्रतिक्रिया