मंगलबार, वैशाख ११, २०८१

साग : भारतलाई हराउदै नेपालले जित्यो अर्को स्वर्ण

नेपालखोज २०७६ मंसिर १९ गते १७:४२

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले फेरी अर्को स्वर्ण पदक जितेको छ । तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जिते।

पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए ।

प्रतिक्रिया