शुक्रबार, वैशाख १४, २०८१

साग : भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बनिन् सञ्जु

नेपालखोज २०७६ मंसिर १९ गते १८:३५

१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले फेरि अर्को स्वर्ण पदक जितेको छ । नेपालकी सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा श्रीलंकाकी खेलाडीलाई हराउँदै स्वर्ण जितिन् ।

यो स्वर्ण नेपालको इतिहासमा महिला भारोत्तोलन अन्र्तगतको पहिलो हो । जो सञ्जुले आफ्नो नाममा दर्ता गरिन् । यति मात्र होईन यो भारोत्तोलन तर्फको स्वर्ण २००६ यताकै पहिलो पनि हो ।२००६ यता नेपालले भारोत्तोलनमा स्वर्ण जित्न सकेको थिएन ।

प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) पनि बनाइन् । यस विधामा चार देशले भाग लिएका थिए ।

प्रतिक्रिया