शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंलाई ‘होर्डिङ बोर्डमुक्त’ बनाइँदै, डिजिटल बोर्ड अनिवार्य

नेपालखोज २०७६ मंसिर २० गते ८:०१

२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेको विज्ञापनमूलक होर्डिङ बोर्ड हटाउन तयारी थालेको छ । महानगरले सहरी सौैन्दर्यता कायम राख्न होर्डिङ बोर्ड, भित्तेलेखन र पोस्टर टाँस्न निषेध गरी विज्ञापन सामग्री प्रचारका लागि डिजिटल होर्डिङ बोर्डलाई अनिवार्य गर्ने भएको हो ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल अदालतको आदेशको पालना र महानगरको नीतिअनुसार होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको बताँउछन् । ‘हामीले सात दिनको समयावधि दिएका छौं । सरोकारवालाले समयवधिभित्र नहटाए हामी आफैं हटाउँनेछौं,’ उनले भने ।

महानगरले दिएको समयावधि दुई दिन मात्र बाँकी छ । महानगरले सरोकारवालाहरूले बोर्ड हटाउन बेवास्ता गरेमा महानगर आफैंले हटाउने र यसको क्षतिपूर्ति सम्बन्धित सरोकारवालाले नै बेहोर्नुपर्ने महानगरको भनाइ छ ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया