बिहीबार, वैशाख १३, २०८१

काठमाडौंलाई महानगर घोषणा गराउने पिएल सिंह सम्मानित हुँदै

नेपालखोज २०७६ मंसिर २० गते १०:५२

२० मंसिर, काठमाडौं । २५ वर्ष अघि काठमाडौ नगरपालिकालाई महानगरपालिका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका काठमाडौं महानगरपालिकाका प्रथम मेयर पिएल सिंह सम्मानित हुने भएका छन् ।

तात्कालिन मेयर पिएल सिंहले काठमाडौंलाई नगरपालिकाबाट महानगरपालिकाका रुपमा रुपान्तरण गर्न निकै संघर्ष र महत्वपूर्ण योगदान गरेको भन्दै काठमाडौं महानगरपालिकाको २५ औं बार्षिकोत्सवका अवसरमा आगामी मंसिर २९ गते सम्मान गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पिएल सिंहलाई सम्मान गर्न आपूmले नगर कार्यपालिकाबाट अनुमोदन समेत गरिसकेको बताए । तात्कालिन काठमाडौं नगरपालिकाका प्रमुख पिएल सिंह प्रजातन्त्र प्राप्ति पछिको स्थानीय निकायको पहिलो निर्वाचनबाट काठमाडौं नगरपालिकाका मेयरका रुपमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया