शुक्रबार, चैत १६, २०८०

आज शनिबार शनिदेवको पुजा गर्नुस यस्तो लाभ हुन्छ । तपाईको आजको दिन कस्तो छ ?

नेपालखोज २०७६ मंसिर २१ गते ६:५१

आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ । यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।

मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । जोश जाँगर र हिम्मत बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मित्र वा आफन्त बाट मिल्नेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउन सक्छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
धार्मिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सेतो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्यातउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा भने मन लाग्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला ।

प्रतिक्रिया