बिहीबार, वैशाख ६, २०८१

मन्त्रालयको निष्कर्षः लैगिक हिंसाको मुख्य कारण मदिरा हो

नेपालखोज २०७६ मंसिर २१ गते ९:३२

२१ मंसिर, काठमाडौँ । लैंगिक हिंसाको मुख्य कारण मदिरा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले निष्कर्ष निकालेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चल्दै गर्दा प्रदेशस्तरीय छलफलबाट हिंसाको मुख्य कारण मदिरा भएको निष्कर्ष निकालिएको हो ।

लैगिंक हिंसा न्यूनीकरण अभियान वर्ष मनाइरहेको मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा कात्तिक १८ गतेबाट अभियान सुरु गरेको हो । विराटनगरबाट थालनी गरिएको अभियान पाँचवटा प्रदेशमा सम्पन्न भइसकेको छ भने गण्डकी प्रदेश र काठमाडौंमा सञ्चालन गर्न बाँकी छ ।

स्थानीय जनप्रतिनिधिदेखि प्रदेश प्रमुखको उपस्थितिमा सम्पन्न भएको अभियानबाट मदिरा सेवन हिंसाको मुख्य कारण भएको प्रतिक्रिया आएको सहसचिव रुद्रादेवी शर्माले बताए ।

प्रतिक्रिया