शुक्रबार, वैशाख १४, २०८१

क्यानका नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

नेपालखोज २०७६ मंसिर २१ गते १०:४६

२१ मंसिर, काठमाडौं । केही दिन अगाडि सम्पन्न कम्प्युटर एशोशिएसन नेपाल ( क्यान महासघं) को तेर्हौ साधारणसभाबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीमा आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयका सचिब दिपक सुबेदीले सुचना प्रबिधिको बिकाससंगै कम्प्युटर एशोसिएशनको भुमिका पनि महत्वपुर्ण रहेको भन्दै नवनिर्वाचित कार्यसमितिले बिगतका कामहरुलाई निरन्तरता दिदै थप योजनाका साथ प्रभाबकारी भुमिका खेल्ने बिश्वास ब्यक्त गरे ।

नव निर्वाचित अध्यक्ष नवराज कुंवरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व बिज्ञान तथा प्रबिधि मन्त्री गणेश शाहले डिजिटल नेपालको फेमवर्क सरकारले निर्माण गर्ने र त्यस्कको कार्यान्वयन गर्न क्यानको भुमिका महत्वपुर्ण हुन्छ भन्दै यी दुबै कार्यलाइ अगाडि बढाउन आग्रह समेत गरे ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले आइ टी उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनु दिँदै गैर आवासीय नेपाली महासघंका उपाध्यक्ष अर्जुन श्रेष्ठले क्यान महासघंसगं सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया