शुक्रबार, वैशाख १४, २०८१

अवैध रुपमा तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

नेपालखोज २०७६ मंसिर २३ गते ८:२४

२३ मंसिर, काठमाडौं । प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् ।

उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो । प्रदेशभरी वित्तिय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीन प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया