बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री अस्पतालबाट फर्किएपछि पहिलोपटक आज मन्त्रिपरिषद बैठक बस्दै

नेपालखोज २०७६ मंसिर २३ गते ९:२७

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रिया गरेर फर्किएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आज सोमवार बस्दैछ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए ।

प्रधानमन्त्री अस्पतालमै भएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालय बैठक राखेका थिए ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किन लागेका छन् ।

प्रतिक्रिया