शुक्रबार, चैत १६, २०८०

साग: आज १३ खेल हुँदै, फुटबल फाइनलका लागि नेपाल र भारत भिड्ने

नेपालखोज २०७६ मंसिर २३ गते १०:१५

मङ्सिर २३, काठमाडौँ । १३औैं दक्षिण एसियाली खेलकुद (साग)काे नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ ।

महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्दैछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतिक्रिया