शनिबार, वैशाख ८, २०८१

प्रचण्डले बोलाएको नेकपा सचिवालय बैठकमा ओली नजाने

नेपालखोज २०७६ मंसिर २३ गते १२:३९

२३ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार दिउँसो १ बजे     बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्ने बैठकले पार्टीका विभिन्न विभागमा पदाधिकारी तथा सदस्य नियुक्ति गर्ने र त्यसअघिको गृहकार्य गर्ने नेकपाका नेताले जानकारी दिएका छन् । बैठकले यही मंसिर १४ गते भएको विभिन्न तहको उपनिर्वाचनको मतपरिणामबारे पनि समीक्षा गर्ने बताईएको छ ।

यसअघि मंसिर १८ गते बसेको सचिवालयले बैठकले उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा पठाउन पार्टीका सम्बन्धित कमिटीलाई निर्देशन समेत दिएको थियो। आजको बैठकले पार्टी स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे पनि छलफल गर्नेछ।

सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित नहुने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि ९ दिन अस्पताल बसेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण सचिवालय बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया